बसन्त पौडेल

तुलसीपुर ३१,जेठ



प्राय घरको काममा मात्र सिमीत हुने दाङ तुलसीपुर उपमहानगरपालीका१० राईखलीयानका महीलाहरु आजभोली भने घरको काम संगै सामुहीक कामलाई पनि समय दिन थालेका छन । महीलाहरुले समुह गठन गरेर घरको काम संगै सामुहीक च्याउ खेती गर्दै आएका छन । घरको कामवाट वचेको समय समुहको काममा लागउदै उनिहरुले समुहमै राम्रो आम्दानी गर्दै आएका छन् ।

गाँउमै लघुउद्यम विकास कार्यक्रम वाट च्याउ उत्पादन सम्वन्धी तालीम लिएका चौधरी महिलाहरुले २०६२ साल देखी ८ जनाको नेतृत्वमा शितल च्याउ उत्पादन समुह र ६ जनको समुहमा अमृत च्याउ उत्पादन समुह गठन गरी व्यवसायीक रुपमा च्याउ उत्पादनमा लागेका छन। जग्गा भाडामा लिएर च्याउ उत्पादन गर्दै आएका महिलाहरुको यो काम समाजकालागी उदाहरणीय वनेको छ ।

च्याउ सवैले रुचाउने भएकाले महिलाहरुले उत्पादन गरेको च्याउको वजार राम्रो रहेको सितल च्याउ उत्पादन समुहका अध्यक्ष मंगली चौधरीले वताउनुभयो।
सुरुवातमा प्रतिव्यक्ति ५ हजारका दरले जम्मा ४० हजार वाट शुरु गरीएको समुहलाई लघुउद्यमविकास कार्यक्रम मार्फत भवन निर्माणका लागी १ लाख रुपै प्राप्त भएपछि आफुहरु थप उत्साहीत वनेको अध्यक्ष चौधरीले वताउनुभयो ।समुहमा काम गर्दा पालैपालो समुहका सदस्यहरुले मिलेर गर्ने गरेका छन ।कन्य च्याउ जाडोयाममा उत्पादनका लागी १ महिना समय लाग्े गरेपनि गर्र्मीयाममा भने  २१ दीनमा उत्पादन हुने गरेको वताउनुभयो ।

उत्पादन गरीएकै ठाउवाट च्याउ प्रति के.जि रु २०० मा विक्री गर्दै आएका छन। च्याउ विक्री वाट भएको आम्दानी वार्षिक रुपमा समुहका सवै सदस्यले समान रुपले वाड्ने गरेको समुहका सदस्य सिता चौधरीले वताउनुभयो। घरको कामधन्दा संगसंगै वचेको समयमा गरेको उत्पादीत च्याउ विक्रीवाट गएको वर्ष समुहमा प्रतिव्यक्ति ४० हजार आम्दानी गर्न सफल भएका छन ।

समुहमा काम गर्दा च्याउ उत्पादनका लागी आवस्यक ज्ञान सवैलाई भएको भन्दै अव समुह संगै व्यक्तिगत रुपमा पनि च्याउ खेति गर्ने योजना रहेको महिलाहरुले वनाएका छन ।


त्यस्तै तुलसीपुर उपमहानगरपालीका १० राईखलीयानमै चौधरी महिलाले सञ्चालन गरेको अमृत च्याउ उत्पादन समुहले पनि मनग्य आम्दानी गर्दे आएको छ । ६ जना सदस्यवाट शुरु भएको समुहमा अहिले भने ४ जना मात्र सदस्यले च्याउ उत्पादन गर्दे आएको समुहका अध्यक्ष सरिता चौधरीले वताउनुभयो। सुरु गर्दा धेरै जानकारी नभएपनि काम गर्दे जादा एक अर्कामा भएको सिप साटासाट भयो । अहिले च्याउ उत्पादन का लागी आवश्यक प्राविधिक ज्ञान सवै सदस्यलार्ई जानकारी भएको अध्यक्ष चौधरीले वताउनुभयो ।
उहाँका अनुसार च्याउ विक्रीवाट गएको वर्ष समुहमा प्रतिव्यक्ति ३० हजार आम्दानी गर्न सफल भएका छन ।उहाँले भन्नुभयो स्वास्थका लागी फाइदा मानीने कन्य च्याउको माग वजारमा अत्यधिक रहे पनि माग अनुसार पु्याउन सकिएको छैन उत्पादनलाई बढाउने सोचेका छौ । यस समुहलाई पनि लघुउद्यम विकास कार्यक्रम मार्फत भवन निर्मार्ण का लागी सहयोग प्राप्त भएको छ भने नागरीक सचेतना मार्फत भााडाकुडा प्राप्त भए संगै थप उत्साहति भएका छन चौधरी महिलाहरु।

 अव समुह सगै व्यक्तिगत रुपमा पनि च्याउ उत्पादन गर्नतिर लाग्छौ समुहमा आवद्ध महीलाहरुले भने । उनिहरुले अन्य दिदि वहिनिहरुलाई पनि फुर्सदको समयमा सिप सिकेर च्याउ उत्पादन गर्न चाहे सधै सहयोग गर्न तयार रहेको वताएका छन।